Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसईई र कक्षा ११ र १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई गोरखा ताकुकोट सेवा समाज काठमाडौँ शिक्षा विकास समितिले भेट घाटा चिन जान तथा अन्तरक्रिया कार्यक्रम

एसईई र कक्षा ११ र १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई गोरखा ताकुकोट सेवा समाज काठमाडौँ शिक्षा विकास समितिले भेट घाटा चिन जान तथा अन्तरक्रिया कार्यक्रम

जोईन खबर

१६, जेठ २०८१
  • 1.4K
    SHARES
  • एसईई र कक्षा ११ र १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई गोरखा ताकुकोट सेवा समाज काठमाडौँ  शिक्षा विकास समितिले भेट घाटा  चिन जान  तथा अन्तरक्रिया कार्यक्रम

    १६ जेठ काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँ शिक्षा विकास समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११ र १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर भेटघाटा र चिन जान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

    images

    यस संस्थाले विशेष गरेर संस्थाका आजीवन सदस्यका छोरा छोरीहरु (एसईई) र कक्षा ११ र १२ को परिक्षा दिएर बसेका भाईबहिनीहरुलाई संस्थाको शिक्षा विकास समितिले काठमाडौंको बनस्थली खरिबोट मदर्श बैंकेटमा शनिबार सहभागि हुन अनुरोध समेत गरेका छन् ।

    images
    images
    images

    संस्थाले (एसईई) र कक्षा ११ र १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई अब के पढ्ने र कसरी विषय छान्ने भन्नेलगायतका शीर्षकमा सुझाव र सल्लाह दिने शिक्षा बिकास समितिका संयोजक ध्रुब बावु सुवेदीले बताउनु भयो ।संयोजक सुवेदीका अनुसार (एसईई) र कक्षा ११ र १२ परिक्षाको रिजल्ट पर्खेर बसेका विद्यार्थीहरुलाई अब आउने दिनमा के पढ्ने भन्ने विषयमा अनभिज्ञ हुने भएकाले विद्यार्थीहरुले आफ्नो करिअरका लागि राम्रो कलेज र विषय छान्न सुझाव र सल्लाह दिने समेत बताउनु भयो ।

    शिक्षा बिकास समितिका सबैको सहमतिमा यो संस्थामा आजीवन सदस्य बनेका छोरा छोरीहरुले रिजल्ट आए पछि के पढ्ने, कस्तो विषय रोज्ने र कुन विद्यालयमा पढ्ने भन्ने चिन्तासाथै आफ्नो रोजाई के हो र रुची कुन विषयमा हो त्यसमा समेत स्पष्ट पार्न यो आयोजना गर्न लागिएको हो ।

    यस गोरखा ताकुकोट सेवा समाज काठमाडौँ शिक्षा विकास समितिले गर्न लागेको कार्यक्रम बागमती प्रदेश शिक्षा शाखका निर्देशक दिपेन्द्र सुवेदी समेत उपस्थित हुने बताउनु भयो । साथै यस कार्यक्रममा गाउँ तथा शहरमा बसि पढने जो कोही हुनु हुन्छ , भने सहभागि गराउन समेत जानकारी गराउनु भएको छ ।

    प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - १४:५३:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको