Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकामा गणतन्त्र दिवसको अवसरमा कर्मचारी शिक्षक विद्यार्थी कृषकहरुलाई सम्मान पत्र र नगदसहित  सम्मानित

बारपाक सुलिकोट गाउँपालिकामा गणतन्त्र दिवसको अवसरमा कर्मचारी शिक्षक विद्यार्थी कृषकहरुलाई सम्मान पत्र र नगदसहित  सम्मानित

जोईन खबर

१६, जेठ २०८१
  • 874
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकामा गणतन्त्र दिवसको अवसरमा कर्मचारी शिक्षक विद्यार्थी कृषकहरुलाई सम्मान पत्र र नगदसहित  सम्मानित

    १६ जेठ काठमाडौँ ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिका  भित्र कार्यरत ,शिक्षक,विद्यार्थी,कृषक,कर्मचारी सम्मानित भएका छन् । यस गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मिति २०८१/०२/१५ गते  गणतन्त्र दिवसको अवसरमा शुभकामना तथा उत्कृष्ट कर्मचारी,शिक्षक,विद्यार्थी,कृषक सम्मान कार्यक्रम बारपाक सुलिकोट गाउँपालिकाको सभाहलमा  उनीहरुलाई सम्मान गरिएको गाउँपालिकामा कार्यरत शिक्षा शाखा  प्राविधि सहायक सुर्य गौतमले जानकारी दिनु भयो ।

    images

    91.jpg

    images
    images
    images

    प्राविधिक सहायक गौतमका अनुसार गाउँपालिका भित्र कार्यरत कर्मचारी ८ जना सम्मानित भएका छन् । सम्मानित कर्मचारलाई सम्मान पत्र दोसोलासहित नगद रु ५००० रुपैयाका द्वारले सम्मान गरिएको हो । सम्मानित हुने कर्मचारीहरु शिक्षा शाखाका संयोजक भिम कुमार श्रेष्ठ,कृषि अधिकृत बिनोद वि क ,शिक्षा शाखा प्राविधिक सहायकका सुर्य गौतम,चन्दा क्मारी झा,अमृता गुरुङ्ग, पालिकाका सवारी चालक यम बहादुर सुनार,लोक बहादुर बराम लगायत सम्मानित  भएको बताउनु भयो ।

    87.jpg

    यसै गरी गाउँपालिका भित्रका विद्यालयहरुमा अध्ययन गर्ने उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान पत्र नगद रु १०,००० हजारका द्वारले ९ जना विद्यार्थी सम्मानित भए,ति मध्येमा हिमालय मा वि सौपानीका प्रश्ना गुरुङ्ग, शैलपूत्री मा वि पाँचखुवा देउरालीका उमाकान्त ढकाल, हिमाय मा वि सौरपानीका सन्दिप बस्नेत,शैलपुत्री मा वि पाँचखुवा देउरालीका अशोक कुवँर, सुर्यज्योती मा वि पाल्खुका संज्ञा श्रेष्ठ, चन्द्रकला आ वि आरुखरकाका चन्द्रमाया थापा मगर,शैलपुत्री मा वि पाँचखुवा देउरालीका युनिक पनेरु,सुर्यज्योती मा वि पाल्खुका राशिका खनखवास,कन्यादेवी आ विका दिपेश गुरुङ्ग सम्मानित भएका हुन् । साथै सम्मान गर्ने क्रममा शिक्षक तर्फबाट गाउँपालिका भित्रका  २४ जना शिक्षक सम्मानित भए मध्येमा उनीहरुलाई सम्मान पत्र  र नगद रु ५००० हजारका द्वारले सम्मान गरिएको हो ।

    to.jpg

    सम्मान हुनेहरु  सुर्यज्योति मा वि का बाबुराम नेपाली, माइकोट मा वि की गोम थापा, अन्तरजयोति मा वि का चेत बहादुर थापा, सुर्यज्योति मा वि का रामचन्द्र अधिकारी,सुर्यज्योति मा वि की फूलमाया राना,हिमालय मा वी का दुर्गा बहादुर थापा,सुर्यज्योति मा वि का चेत बहादुर खत्री,शैलपुत्री मा वि का मदन अंगाई, शैलपुत्री मा वि का गोपीलाल ढकाल, स्तुल आ वि की पवित्रा न्यौपाने,,सुर्यज्योती मा वि का वासुदेव तिवारी,,सुर्यज्योती मा वि का शिवराज थापा,सुर्यज्योती मा वि का नेत्रबहादुर निरौला,  शैलपुत्री मा वि काकेशरराज अंगाई, जलकन्यादेवी मा वि की सम्झाना अर्याल,सौरपानी सामुदायिक स्मृति आ वि की टंक कुमारी थापा,नारदपोखरी आ वि का भत्तm बहादुर गुरुङ्ग,माझथर मा वि का प्रदिप वि क, उलाजुङ्ग आ वि की अमृता गुरुङ्ग,दुर्गा मा वि का लेख बहादुर गुरुङ्ग  सम्मानित भएका छन् ।

    91.jpg

    यस पालिकाले गाउँमा कृषक गरेर आफनो जिविकोपार्जन गर्ने कृषक तथा पशुपालक गर्ने १६ जनालाई सम्मान पत्र र नगद रु १३३३४ रुपैयाँसहित सम्मान गरेका छन् । ति मध्ये बारपाक सुलिकोट वडा न २ का दमै गुरुङ्ग, बारपाक सुलिकोट वडा न २ का तुल बहादुर गुरुङ्ग,बारपाक सुलिकोट वडा न २ का डिल बहादुर घले, बारपाक सुलिकोट वडा न ३ का मन बहादुर फ्वाली मगर, बारपाक सुलिकोट वडा न ४ का रेशम गुरुङ्ग,बारपाक सुलिकोट वडा न ४ का सुन्दर गुरुङ्ग,बारपाक सुलिकोट वडा न ५ का प्रवेश खत्री, बारपाक सुलिकोट वडा न ५ खिल बहादुर थापा,बारपाक सुलिकोट वडा न ६ का डुलराज पनेरु,बारपाक सुलिकोट वडा न ६ का हुमनाथ देवकोटा,बारपाक सुलिकोट वडा न ७ का टंक बहादुर गुरुङ्ग,बारपाक सुलिकोट वडा न ७ का डिल कुमारी श्रेष्ठ,बारपाक सुलिकोट वडा न ८ का ईश्वर बगाले,बारपाक सुलिकोट वडा न ८ का कृष्ण कुमार गुरुङ्ग,बारपाक सुलिकोट वडा न ८ का सुशिला थापा,बारपाक सुलिकोट वडा न ३ का दिपमाया तामाङ्ग लगायत सम्मानित भएका प्राविधिक सहायक गौतमले जानकारी दिनु भयो ।

    441887697_837121285109413_3726309687275458844_n.jpg

    गाउँपालिकाले यस अवसरमा कर्मचारी,शिक्षक,विद्यार्थी,कृषकहरुलाई गाउँपालिकाका अध्यक्ष  बिष्णु प्रसाद भट्ट,उपाध्यक्ष सनमाया गुरुङ्ग र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले दोसल्ला, अबिर लगाएर सम्मान गरे । यस्तै गणतन्त्र दिवसको अवसरमा गाउँपालिका कार्यालय सबै कर्मचारी तथा स्थानिय जनताको सहभागिता बाजागाजासहित ¥याली गरि गाउँपालिका परिक्रम गरेर  गाउँपालिका कार्यालयकाे प्रराङणमा साझापख नेपालकाे नक्सा बनाइ दिपप्रज्वलन गरि कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।

    90.jpg

    प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - २२:४५:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको