Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक यात्रुवाहक हाइस गाडी दुर्घटना हुँदा एक को मृत्यु पाँच जना घाइते 

 काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक यात्रुवाहक हाइस गाडी दुर्घटना हुँदा एक को मृत्यु पाँच जना घाइते 

जोईन खबर

१७, जेठ २०८१
  • 937
    SHARES
  •  काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक यात्रुवाहक हाइस गाडी दुर्घटना हुँदा एक को मृत्यु पाँच जना घाइते 

    १७ जेठ काठमाडौँ । काठमाडौँको काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक यात्रुवाहक हाइस गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु  पाँच जना घाइते भएका छन् ।

    images

    मृत्यु हुने  धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थली बस्ने २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको  जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    दुर्घटनामा सिन्धुली घर भई हाल काठमाडौँको तारकेश्वर–२ का गाडी चालक २६ वर्षीय सुशील दमाई गम्भीर घाइते भएका छन् । सहचालक २० वर्षीय कृष्ण तमाङ, यात्रुहरू २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मरस्याङ्दी र १८ वर्षीया पवित्रा तोलाङ्गी सामान्य घाइते भएका छन् ।

    प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - २१:१३:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको