Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ लगायत एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुने पूर्वानुमान

आज काठमाडौँ लगायत एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुने पूर्वानुमान

जोईन खबर

१८, जेठ २०८१
  • 679
    SHARES
  • आज काठमाडौँ लगायत एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुने पूर्वानुमान

    १८ जेठ काठमाडौँ । आज काठमाडौँ लगायत एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुने पूर्वानुमान जनाउको छ ।  हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले  बताएको हो ।

    images

    विभागका अनुसार कोशी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम  मुख्यतया सफा छ ।  कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    images
    images
    images

    काठमाडौँ उपत्यकामा आज अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने विभागले बताएको छ । यहाँको अधिकतम  तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने छ । 

    प्रकाशित मिति :जेठ १८, २०८१ शुक्रवार - १०:३६:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको