Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा तिन चरणको आँखा शिविर सम्पन्न, दुई हजार ९ सय जनाको परिक्षण   

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा तिन चरणको आँखा शिविर सम्पन्न, दुई हजार ९ सय जनाको परिक्षण   

जोईन खबर

१८, जेठ २०८१
  • 805
    SHARES
  • उत्तरी गोरखाको  धार्चे  गाउँपालिकामा तिन चरणको आँखा शिविर सम्पन्न, दुई हजार ९ सय जनाको परिक्षण   

    १८ जेठ काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको गाउँपालिका भित्र रहेको सामुदायिक बिद्यालयमा अध्ययनरत  बिद्यार्थीको आँखा परिक्षण  कार्यक्रम सम्पन्न भएको छ । उक्त शिविर आयोजना धार्चे गाउँपालिका र गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो ।

    images

    यस गाउँपालिका अहिले सम्म तिन चरणको शिविर सञ्चालन भएको थियो, त्यसबाट जम्मा २ हजार ९०७ जना बिद्यार्थीहरुको आँखा चेकजाँच गरिएको पालिका स्वास्थ्य शाखा सहसंयोजक केशवराज गुरुङले  बताउनु भयो ।शिविरमा आँखा चेकजाँच गरेका २ हजार ९०७ जना मध्ये  १ सय ६५ जनामा लो भिजनको समस्या देखिएको र समस्या भएकालाई निशुल्क चश्मा पनि वितरण गरिएको हो ।  ५३ जनालाई चश्मा वितरण भएको र बाँकीलाई वितरणको तयारी भइरहेको उहाँले जानकारी दिनु भो ।

    images
    images
    images

    पहिलो चरण ९माघ २२ देखि २९ सम्म०  गरेको शिविरमा  कुल ८ सय ७५ जनाको आँखा परिक्षण गर्दा ५३ जना बिद्यार्थीहरुमा समस्या देखिएको गुरुङले बताउनु भयो ।

    दोस्रो चरण ९बैशाख ३० देखि जेठ ४ सम्म कुल ९ सय ५० जना बिद्यार्थीको आँखा परिक्षण गरिएको थियो । उनीहरुमध्ये ६५ जनामा समस्या देखिएको थियो ।

    तेस्रो चरण ९जेठ ७ देखि ११ सम्म० गरेको शिविरमा १ हजार ८२ जना बिद्याथीको आँखा जाँच गरिएको थियो । उनीहरुमध्ये ४७ जनामा समस्या देँिखएको बताइएको छ । समस्या देखिएकामध्ये केहीलाई चश्मा वितरण भइसकेको र केहीलाई वितरणको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । 

    प्रकाशित मिति :जेठ १८, २०८१ शुक्रवार - ११:०३:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको