१८ जेठ काठमाडौँ । गोरखा जिल्लाका भित्र रहेका पाँच वटा पालिकाहरुमा पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा भएका छ । अहीले सम्मको जनाकारी अनुसार गोरखाको गोरखा नगरपालिका र पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, उत्तरी गोरखाको धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाहरुमा पूर्ण खोप घोषणा भएको हो ।
स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन नानीबाबु दानीका अनुसार जेठ महिनाभित्र सबै पालिका सकेर जिल्लालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य रहेको बताए । उक्त घोषण गर्ने तयारीका अनुसार जिल्ला भित्रका पालिकाहरुमा खोपको काम तेही अनुसार चलेको समेत जानकारी दिए ।
प्रत्येक बर्ष पालिकाहरुलाई पूर्ण खोप पालिका घोषणा गर्नुपर्ने जानकारी सहित यस खोप चाहि १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पूरा गर्नुपर्ने भएको हो ।