१८ जेठ काठमाडोँ । गोरखाको शहिद लखन गाउँपालिकामा हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ ।
हिजो साँझ करिब ७ बजे आएको हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका वडा न -४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले बताए ।
गाउँबाट घर फर्कने क्रममा हिडदै गरेको अवस्थामा काभ्रोको रुख ढलेर लाग्दा उनको मृत्यु भएको अध्यक्ष थापाको भनाइ छ। हावाहुरीका कारण दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतिबालीमासमेत धेरै क्षति पुगेको बताए ।