१८ जेठ काठमाडौँ । यो बर्षको ९एसईई० को नतिजा असार दोस्रो हप्ता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा तहको परीक्षाको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेका छन् । परीक्षा नियन्त्रण कार्यालयले ९कक्षा १०० ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताउनु भयो ।
उनले भने ‘अहिलेसम्मको हाम्रो कार्य प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा निकाल्न सकिन्छ भने अनुमान गरएिको जानकारी दिए । यो बर्षको ९एसईई० परिक्षा २०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो ।
उक्त परिक्षाम ५ लाख भन्दा बढी परीक्षार्थी सहभागी भएको बताए । जसमा यस बर्षको परिक्षामा १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण न्यूनतम ३५ अंक ल्याउनुपर्ने समेत बताए ।