२० जेठ काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा फोहोर व्यवस्थापनकागर्ने भन्दै स्थान निर्माण गरिएको छ । यस कार्य गाउँपालिकाको वडा नम्वर ५ माछीखोला र वडा नम्वर ३ खोर्लावेशीमा डम्पिङ साइट निर्माण गरिएको पालिकाले जनाएको छ । पालिकाले डम्पिङ साइट निर्माणको लागि नेपाल पर्यटन बोर्डको ४० र गाउँपालिकाको ६० प्रतिशत लगानीमा डम्पिङ साइट निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए ।
यो निर्माणको लागि उपभोक्ता समिति मार्फत काम भएकाले ८७ हजार रकम बराबरको श्रमदान पनि भएको उनले जानकारी दिए । फोहोर व्यवस्थापन स्थानमा काम सुरु गरेको एक महिनामा काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै खोर्लावेशीमा निर्माण भएको डम्पिङ साइट पनि नेपाल पर्यटन बोर्डको ४० र गाउँपालिकाको ६० प्रतिशत गरि निर्माण गरिएको हो, भने यसमा पनि ८३ हजार रकम बराबरको श्रमदान समेत भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताए । यो पनि सम्झौता भएको एक महिनाको अवधिमा काम सम्पन्न भएको हो ।
पालिकाभित्रका फोहोर मैलाको दिगो व्यवस्थापनका लागी डम्पिङ साइट निर्माण गरिएको उनको भनाइ छ । सार्वजनिक जग्गामा खाडल खनेर वरपर वाल लगाएर डम्पिङ साइट बनाएका छौ, पालिकाको फोहोर त्यही लगेर फाल्ने गरेका छौ,’ उनले भने । स्थानीयको घरघरबाट प्रत्येक शनिवार पालिकाले फोहोर उठाउने गर्छ । फोहोर उठाउनका लागी भाडामा ट्याक्टर संचालन र एक जना कर्मचारी पनि राखिएको सुनारले बताए ।