Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टेबलटेनिस पदक विजेतालाई सदस्य–सचिवको बधाई

टेबलटेनिस पदक विजेतालाई सदस्य–सचिवको बधाई

जोईन खबर

२२, जेठ २०८१
  • 652
    SHARES
  • टेबलटेनिस पदक विजेतालाई सदस्य–सचिवको बधाई

    २२ जेठ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सोमबार बधाई दिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा खेलाडीसंगको भेटमा सदस्य–सचिव घिसिङले सफलताको प्रशंसा गर्दै बधाई दिएका हुन् ।

    images

    सदस्य–सचिव घिसिङले टेबलटेनिसले छनोट चरण पार्दै पेरिस ओलम्पिकमा सहभागिता सुनिश्चित गरिसकेको अवस्थामा अबका जुनियर खेलाडीलाई त्यो विरासत कायम गर्ने गरी खेलमा ध्यान दिनु पर्नेमा जोड दिए । उनले खेलाडीलाई आगामी प्रतियोगिताको तयारीमा केन्द्रीत हुन सुझाए ।टोलीका प्रशिक्षक सन्जिव ढुंगेलले खेलाडीले सोचे भन्दा राम्रो प्रदर्शन गरेको बताउदै खेलाडीको नतिजाबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।टोलीकी व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्दै राम्रो नतिजा हात पारेको बताउदै सहभागिताका लागि सहयोग गरेकोमा राखेप र सदस्य–सचिव घिसिङलाई धन्यवाद दिइन् ।

    images
    images
    images

    टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले सदस्य–सचिवकै सहयोगका कारण टिम सहभागी हुन पाएको स्मरण गरे ।पदक विजेता खेलाडीले प्रतियोगिताबाट अनुभव बटुल्ने अवसर पाएको बताउदै आफ्नो कमीकमजोरी थाहा पाउने अवसर पनि मिलेको बताए ।श्रीलंकाको क्यान्डीमा जेठ १३ देखि १६ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र ५ कांस्य जितेको थियो ।यु–१९ गल्र्स डबल्समा इभाना थापा मगर र बियङ्का राईले रजत जिते ।

    यु–१९ टिम इभेन्टको ब्वाइजमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा गल्र्समा बियङ्का राई, इभाना थापा र योङगी पौडेलले कांस्य हात पारे ।गल्र्स यु–१५ को सिंगल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र शुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र शुरम्य शाक्यले कांस्य प्राप्त गरे ।

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - ११:२१:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको