Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसिया ट्रायथलन कङ्ग्रेसबाट सिनियर सल्लाहकारमा श्रेष्ठको नाम अनुमोदन

एसिया ट्रायथलन कङ्ग्रेसबाट सिनियर सल्लाहकारमा श्रेष्ठको नाम अनुमोदन

जोईन खबर

२२, जेठ २०८१
  • 649
    SHARES
  • एसिया ट्रायथलन कङ्ग्रेसबाट सिनियर सल्लाहकारमा श्रेष्ठको नाम अनुमोदन

    २२ जेठ काठमाडौँ । एसिया ट्रायथलनको कङ्ग्रेसले सोमबार नेपालका निलेन्द्रराज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरेको छ ।साउदी अरबको रियादमा भएको सो सभामा नेपालबाट नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल ट्रायथलन संघका कोषाध्यक्ष निरज श्रेष्ठले सहभागिता जनाउनुभएको थियो । जुन १ मा सुरु भएको सो कङ्ग्रेस जुन ४ तारिखमा सम्पन्न हुनेछ ।

    images

    सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिज एसिया ट्रायथलनको अध्यक्ष चुनिनुभएको थियो । चुनावपछिको पहिलो बैठकमा अध्यक्ष अल्दुल अजिजले श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा नियुक्त गर्नुभएको थियो । जसलाई साउदी अरबको रियादमा भएको एसिया ट्रायथलनको कङ्ग्रेसले अनुमोदन गरेको हो ।

    images
    images
    images

    श्रेष्ठ दक्षिण एसियाली ट्रायथलन संघका अध्यक्ष, विश्व ट्रायथलन अन्तर्गतको एनओसी रिलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुनुहुन्छ ।

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - ११:२७:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको