Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  राष्ट्रिय सहमतिको सरकार गठनको माग : नेपाली कांग्रेसका सञ्जयकुमार गौतम

  राष्ट्रिय सहमतिको सरकार गठनको माग : नेपाली कांग्रेसका सञ्जयकुमार गौतम

जोईन खबर

२२, जेठ २०८१
  • 727
    SHARES
  •   राष्ट्रिय सहमतिको सरकार गठनको माग : नेपाली कांग्रेसका सञ्जयकुमार गौतम
    २२ जेठ काठमाडौँ । नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गर्नुभएको छ । 
     
    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले  दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार  राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गर्दै त्यस्तो सरकार गठनको माग गर्नुभएको हो ।
    सांसद गौतमले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
     
    कर्णाली नदीमा पानीको स्तर कम हुदै गएको र मानव र जङ्गली जनावरबीचको  बढ्दो द्वन्द्वले वन्यजन्तुको वासस्थान लोपोन्मुख भएको बताउनुभयो । रासस

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - १६:०७:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको