Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 भारतको  दश जिल्लाहरू बाढी  छ लाख भन्दा बढी मानिसहरू प्रभावित 

 भारतको  दश जिल्लाहरू बाढी  छ लाख भन्दा बढी मानिसहरू प्रभावित 

जोईन खबर

२२, जेठ २०८१
  • 709
    SHARES
  •  भारतको  दश जिल्लाहरू बाढी  छ लाख भन्दा बढी मानिसहरू प्रभावित 

    २२ जेठ काठमाडौँ । भारतमा बाढीका कारण १८ जनाको मृत्यु  भएको छ ।   यस बाढलिे गर्दा छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मङ्लबार अधिकारीहरूले बताएका छन् ।बाढीले दश जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ भने  स्थिति गम्भीर छ ।

    images

    आसममा दश जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिसहरु बाढीबाट प्रवावित भएको एक अधिकारीले जनाएका छन् । विगत २४ घण्टामा चार जनाको ज्यान गए सँगै बाढीबाट मृत्यु हुनेका सङ्ख्या १८ पुगेको  हो ।  यसै गरी कछार जिल्लामा चार जना बेपत्ता भएको जनाईएको छ ।अधिकारीहरूले  हाल ५७७ गाउँहरू डुबानमा परेको जनाउदै प्रभावित जिल्लाहरूमा करिब छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको  उल्लेख गरेका छन् ।

    images
    images
    images

    आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण ९एएसडीएमए० का अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा १९१ राहत शिविर तथा १०८ वितरण केन्द्र खोलेको छ ।प्रभावित क्षेत्रमा रेल ट्रयाकमा क्षति पुगेको कारण केही रेलसेवाहरू पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् । रासस

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - १६:२९:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको