Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रायडेनलाई स्वर्ण

रायडेनलाई स्वर्ण

जोईन खबर

२३, जेठ २०८१
  • 751
    SHARES
  • रायडेनलाई स्वर्ण

    २३ जेठ काठमाडौँ । बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले ५ वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन् ।अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कांस्य जिते ।

    images

    उनले १५–१६ वर्ष उमेरसमूहको एडभान्स कुमुतेमा सफलता पाए ।प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट ४ खेलाडीले सहभागिता जनाएका थिए । १०–११ वर्षको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाएका थिए ।

    images
    images
    images

    टोलीको प्रशिक्षकमा बंगलादेशको ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापा मगर रहेका छन् । 

    प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - १५:२०:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको