Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँमा मकै बालीमा ठूलो क्षति 

वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँमा मकै बालीमा ठूलो क्षति 

जोईन खबर

२३, जेठ २०८१
  • 727
    SHARES
  • वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँमा मकै बालीमा ठूलो क्षति 

    २३ जेठ खोटाङ ।मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँको मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । जुङ्ग चमरा निकाल्न लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले बताउनुभयो ।

    images

    यस क्षेत्रको प्रमुख बाली मकै हो ।  जुङ्ग चमरा निकाल्न थालेको मकैको बोट मङ्गलबार आएको हुरीले सोत्तर पारेको बताउनु भयो, “उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका छन् । हावाहुरीकारण   क्षतिको गरेको  विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । उहाँका अनुसार दश स्थानीय तह रहेको जिल्लामा ३९ हजार आठ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गर्ने गरिएको छ ।

    images
    images
    images

    हुरीले साकेला गाउँपालिका–२ रतन्छास्थित टाँकीबारी आधारभूत विद्यालयमा क्षति गरेको प्रहरीले जनाएको छ । ढुङ्गामाटोले बनेको तीन कोठाको एकतले जस्तापाताले छाएको छाना उडाउँदा करिब रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार हुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित बनेको छ ।रासस

    प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - १५:५०:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको