Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नभएको : नेपाली कांग्रेसका गगनकुमार थापा 

बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नभएको : नेपाली कांग्रेसका गगनकुमार थापा 

जोईन खबर

२३, जेठ २०८१
  • 700
    SHARES
  • बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नभएको  : नेपाली कांग्रेसका गगनकुमार थापा 

    २३  जेठ काठमाडौँ  । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले  प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताउनुभएको छ ।

    images

    प्रतिनिधिसभाको आजको बैठकमा उहाँले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्रतिप्रश्न गर्नुभयो । आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ, तर केही विकास साझेदार निकायले चार प्रतिशत मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो ,सांसद थापाले भन्नुभयो ।

    images
    images
    images

    बजारमा मागको कमी भएको र आर्थिक अवस्था सङ्कटमा रहेको उल्लेख गर्दै सांसद थापाले यसले आर्थिक वृद्धिमा चुनौती थपिने बताउनुभयो । “हाम्रो खर्च बढिरहेको छ, मध्यम वर्गीय व्यक्ति उच्च करको मारमा परिरहेका छन्, कुनै नयाँ क्षेत्रमा लगानी गर्दा कर बढी तिर्नुपर्दा बैंकमा नै रकम थुप्रिएको छ,” उहाँले भन्नुभयो, “आर्थिक सङ्कट भइरहेको छ । सामान्य करका दर बढाउँदैमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन ।

    पूर्वाधार विकासमा आवश्यक लगानी हुन नसक्दा विकासका आयोजना नै अधुरा रहेको सांसद थापाको भनाइ छ । खर्चको गुणस्तर र पूर्वाधार निर्माणपछि गुणस्तरीय पक्षलाई पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

    प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - १६:०१:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको