Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अपाङ्गतामैत्री पार्किङस्थल तोक्न गृह मन्त्रालयको निर्देशन

अपाङ्गतामैत्री पार्किङस्थल तोक्न गृह मन्त्रालयको निर्देशन

जोईन खबर

२४, जेठ २०८१
  • 532
    SHARES
  • अपाङ्गतामैत्री पार्किङस्थल तोक्न गृह मन्त्रालयको निर्देशन

    २४ जेठ काठमाडौँ । सिंहदरबार परिसरभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न   गृह मन्त्रालयले निर्देशन दिएको छ । सिंहदरबार परिसरलाई अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनका लागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाउन महानगरीय प्रहरी सुरक्षा गण, सिंहदरबारलाई गृह मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले  जानकारी दिनुभयो ।

    images

    सिंहदरबार परिसरभित्र आउने अपाङ्गता भएका आगन्तुक तथा सेवाग्राहीलाई सहजहोस् भन्ने उद्देश्यले मन्त्रालयले अपाङ्गतामैत्री पार्किङ बनाउन एरिया तोक्ने निर्देशन दिएको हो ।

    images
    images
    images

    सो व्यवस्था मिलाई मार्किङ गर्नसमेत मन्त्रालयले निर्देशन दिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।गृहको निर्देशन कार्यान्वयनमा आएपछि अपाङ्गता भएका व्यक्तिहरुलाई सवारीसाधन पार्किङमा सहजता हुने विश्वास गरिएको छ ।परिसरभित्रै अस्तव्यस्त पार्किङ भएपछि केही साताअघि मात्रै ट्राफिक प्रहरीको नियमितटोली तैनाथ गर्ने निर्णय गरिएको थियो । रासस

    प्रकाशित मिति :जेठ २४, २०८१ बिहिवार - २२:०८:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको