Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाग्मती प्रदेश सरकारले   चालु आर्थिक वर्षकै  हाराहारीमा बजेट ल्याउने तयारी 

बाग्मती प्रदेश सरकारले   चालु आर्थिक वर्षकै  हाराहारीमा बजेट ल्याउने तयारी 

जोईन खबर

२५, जेठ २०८१
  • 691
    SHARES
  • बाग्मती प्रदेश सरकारले   चालु आर्थिक वर्षकै  हाराहारीमा बजेट ल्याउने तयारी 

    २५ जेठ काकमाडौँ । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै  हाराहारीमा बजेट ल्याउने तयारी भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको बजेट ल्याउने तयारी भएको हो ।आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको वाग्मती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको छ । 

    images

    आर्थिक तरलता, न्यून आन्तरिक आया र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाले बताउनुभयो ।

    images
    images
    images

    आगामी आवको बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उहाँले बताउनुभयो।आगामी आर्थिक वर्षको बजेटले कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनेछ । वाग्मती सरकारले चालु आवका लागि रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेको छ । रासस 

    प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - ११:१३:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको