२५ जेठ काडमाढौँ । गोरखाको दलभञ्ज्याङमा मोटरसाइक र स्कुटर एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् । हिजो गोरखा नगरपालिका वडा न ९ को दलभञ्ज्याङमा राती ९ः३० बजेको समयमा लक्ष्मी बजारदेखी गोरखा बजार तर्फ जादै गरेको बा ८१ प १२१७ नम्बरको बुलेट मोटरसाइकल र गोरखा बजारबाट लक्ष्मीबजार तर्फ आउदेगरेको गरेको बा–०२–४६ प ३७२४ नम्बरको स्कुटर एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले बताएको छ ।
दुर्घटना हुदाँ चारै जना घाइते भए भने घाइते मध्ये २ जना को अवस्था गम्भीर रहेको छ । गम्भिर घाईते मध्ये २ जनालाई गोरखा अस्पतालबाट थप उपाचारको लागि चितवन पठाइएमो गोरखा प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका चार जनाको उपचार गरिएका मध्ये स्कुटरमा सवार एन्जल्स गुरुङ र सचिन भूजेलको अवस्था गंभिर भएको भन्दै थप उपचारको लागि चितवनको भरतपुर पठाएको र बुलेट बाईकका दुवै जनालाई सामान्य उपचार पछी डिस्चार्ज गरीएको गोरखा प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनामा परेका चारै जनाको परिचय समेत खुल्न बाकी रहेको प्हरीले बताए ।