Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक यसवर्ष पनि कालोपत्र  भएनन

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक यसवर्ष पनि कालोपत्र  भएनन

जोईन खबर

२५, जेठ २०८१
  • 787
    SHARES
  • मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक यसवर्ष पनि कालोपत्र  भएनन

    २५ जेठ काठमाडोँ । मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक यसवर्ष पनि कालोपत्र नहुने भएको छ । छब्बिस वर्ष अगाडि ट्र्याक खुलेको लोकमार्ग कालोपत्र गर्न झण्डै एक दशक अगाडि निर्माण कम्पनीलाई जिम्मा दिइएकामा काम नगर्दा चालु आर्थिक वर्षमा पनि नसकिने भएको हो । कालोपत्र गर्न दुई खण्डमा गरी ठेक्का लगाइएको थियो । बागलुङ नगरपालिका–४ उपल्लाचौरबाट काठेखोला गाउँपालिका–५ इनारपानी घुम्तीसम्मको पहिलो खण्डमा ८० प्रतिशत र इनारपानी घुम्ती भन्दामाथि घोडा बाँधेसम्मको दोस्रो खण्डमा ७४ प्रतिशत मात्रै काम भएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ ।

    images

    दोस्रो खण्ड इनारपानी घुम्तीबाट घोडाबाँधेसम्मको ठेक्का पाएको निर्माण कम्पनी काम नगरेर कालो सूचीमा परेपछि सडक अलपत्र परेको छ, भने पहिलो खण्डमा निर्माण कम्पनीले सुस्त गतिमा काम गरिरहेको सूचना अधिकारी इञ्जिनियर धीरज ढकालले जानकारी दिनुभयो ।पहिलो खण्ड उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेभीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्नेगरी सम्झौता गरिएको थियो । अहिलेसम्म पाँच पटक म्याद थप गर्दा सात किमी सडक मात्रै कालोपत्र गरेको छ, भने अझै छ किमी रहेको उहाँको भनाइ छ ।

    images
    images
    images

    दोस्रो खण्ड विसं २०७२ माघमा जिम्मा पाएको एमपी÷एससीएफ÷ई सिसी जेभी गत पुसमा सूचीमा परेको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे पनि नौ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो । काठेखोला गाउँपालिकाको बिहुँबाट घोडाबाँधेसम्म १२ किमी सडक एमपी सितानी एण्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँले संयुक्त रुपमा ठेक्का लिएका थिए ।

    यस खण्डका लागि अर्थ मन्त्रालयले गत फागुनमा रु ३३ करोड स्रोत सुनिश्चित गरेको थियो । अहिले उक्त खण्डको ठेक्का प्रक्रिया अगाडि बढाउन प्राविधिक मूल्याङ्कनको काम भइरहेको इञ्जिनियर ढकालले बताउनुभयो । उहाँले यसवर्षको बर्खा लाग्न सुरु भएकाले कालोपत्रको काम नहुने बताउनुभयो । कालोपत्र गर्न बर्खामा नमिल्ने हुँदा असोजपछि मात्रै काम हुने उहाँको भनाइ छ ।पहिलो खण्डको काम सम्पन्न गर्न सुरुमा रु ३९ करोड ७१ लाखमा सम्झौता गरेकामा उक्त लागत बढेर रु ४३ करोड ६५ लाख पुगेको इञ्जिनियर ढकालले जानकारी दिनुभयो । अहिले निर्माण कम्पनीले काम गरे पनि अपेक्षा अनुसार गर्न नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार यस खण्डमा २० प्रतिशत मात्रै काम गर्न बाँकी छ । रासस

    प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - १६:०३:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको