२६ जेठ काठमाडौँ । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन स्थागित भएको छ ।
एक महिना अघि नै कार्यसमिति बैठकबाट आजका लागि तयार गरिएको चुनाव .मतदाता नामावलीमा देखिएको विवादका कारणअसार महिनाका लागि सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।
उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो ।असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन ।