Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आठौं पिएम कप लिगको फाइनलमा गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल भिडदैँ 

 आठौं पिएम कप लिगको फाइनलमा गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल भिडदैँ 

जोईन खबर

२६, जेठ २०८१
  • 682
    SHARES
  •  आठौं पिएम कप लिगको फाइनलमा गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल भिडदैँ 

    २६ जेठ काठमाडौँ । आठौं पिएम कप लिगको पुरुषतर्फको फाइनलमा गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल भिडने भएका छन् । शुक्रबार दुवैले अलग अलग खेल जित्दै  गण्डकी प्रदेश  २० र हेल्प नेपाल १९ अंक रहे पछि दुवै टिम  फाइनल खेल खेल्ने भएका छन् ।

    images

    खेल आज त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कभर्डहलमा जारी लिगको अन्तिम खेलमा गण्डकीले पुलिसलाई २५–१८, २५–२२ र २५– ले हराउँदै फाइनलमा यात्रा तय गरेको हो । हेल्प नेपालले आर्मीलाई २५–१७, २५–१५ र २५–२१ अंकले सोझो सेटमा हराउँदै  फाइनल प्रवेश गरेका हुन् । लिग चरणमा गण्डकीले हेल्प नेपाललाई ३–२ ले हराएको थियो । १४ अंकको पुलिस र १२ अंक जोडेको आर्मी तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    images
    images
    images

    महिलातर्फको एभरेष्ट भलिबल क्लब र पुलिस क्लब फाइनलमा भिड्नेछन्। तेस्रो स्थानका लागि आर्मी र एपिएफ क्लब भिड्नेछन् । लिगको अन्तिम दिन एपिएफले आर्मीलाई २५–१९,२५–१०,२५–१८ ले हरायो । अर्को खेलमा एभरेष्टले पुलिसलाई २५–२०,२६–२४,२५–२०,२५–१९ ले पराजित गरेको थियो ।

    प्रकाशित मिति :जेठ २६, २०८१ शनिवार - ०९:५३:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको