Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चिया पसल संचालक  नक्कली नोटसहित पक्राउ 

चिया पसल संचालक  नक्कली नोटसहित पक्राउ 

जोईन खबर

२७, जेठ २०८१
  • 694
    SHARES
  • चिया पसल संचालक  नक्कली नोटसहित पक्राउ 

    २७ जेठ काठमाडोँ । काठमाडौं महानगरपालिका वडा न  १४ कलंकीमा  नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा एक चिया पसलमा  नक्कली नोटको कारोबार गरेको सूचनाको आधारमा  प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

    images

    पक्राउ पर्नेमा चिया पसल संचालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका(५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छन्। उनीबाट नेपाली एक हजार दरको ५ सय १४ थान (५  लाख १४ हजार बराबरको) नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

    images
    images
    images

    उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएको थियो। उनलाई नागर्जुन(५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - १६:००:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको