२८ जेठ काठमाडौँ । आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।
जसकारण आज बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली भई कोशीका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।