Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि

जोईन खबर

२८, जेठ २०८१
  • 841
    SHARES
  • ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि

    २८ जेठ काठमाडौँ ।ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन भए ।धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले ड्रिम अनलाई १९–१८ ले पराजित ग¥यो ।गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १५–८ ले हरायो ।

    images

    दुवै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ तथा गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।विजेतालाई हेराल्डका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली, सिफ्ट तथा इसीए इन्चार्ज मदनप्रसाद फुयाल, सिफ्ट इन्चार्ज राजेशराज अर्याल र एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

    images
    images
    images

    नगद पुरस्कारसहित सहभागी सबै खेलाडीलाई हेराल्डमा प्लस टु अध्ययन गर्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । विजेता टोलीका खेलाडीले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र सहभागी खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । दुईदिने प्रतियोगिताको ब्वाइजमा ६५ तथा गल्र्समा ३२ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

    प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - १६:३३:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको