२९ जेठ काठमाडौँ । आज काठमाडौँको पहाडी जिल्लाहरुमा तराई(मधेशको भन्दा बढी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको अधिकतम् तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ , भने तराई(मधेश विराटनगरमा भने अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस रहेको थियो ।मंगलबार सबैभन्दा बढी धनगढीमा तापक्रम ४४ डिग्री सेल्सियस र नेपालगञ्जको तापक्रम ४३.६ डिग्री रहेको थियो ।
महाशाखाले सोमबारदेखि कोशी प्रदेशबाट नेपालमा मनुसनी प्रणाली आगमन भइसकेको जनाएको छ । एक साता आसपासमा मनसुन देशभर फैलसक्ने महाशाखाले जानकारी दिएको छ ।