२९ जेठ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा १३७ जना नगर प्रहरी भर्ती गर्न माग गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं। ०८०–८१–०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो ।
उम्मेदवारले यसै सूचनालाई आधरमानी सूचना निकालेको ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।
दरखास्त पेश गर्दा वैकल्पिक दर्ता नं खुलेको ढाँचा बमोजिमको निवेदन र र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । 