Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आठ लाख रुपैयाँभन्दा बढीको उपचार निःशुल्क गरे पनि विकलाल परिवारका दुःख हटेनन्

 आठ लाख रुपैयाँभन्दा बढीको उपचार निःशुल्क गरे पनि विकलाल परिवारका दुःख हटेनन्

रासस

२९, जेठ २०८१
  • 820
    SHARES
  •  आठ लाख रुपैयाँभन्दा बढीको उपचार निःशुल्क गरे पनि विकलाल परिवारका दुःख हटेनन्

    २९ जेठ काठमाडौँ । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् ।गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका-४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले निःशुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप दुःख बढेको उहाँका बुबा रामबहादुर थिङले बताए ।थिङ गत चैत २ गते आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका थिए । प्रहरीले टाउकोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाएको थियो ।

    images

    अस्पतालले दुई महिना २५ दिन लगाएर  आठ लाख रुपैयाँभन्दा बढीको उपचार निःशुल्क गरेको गरिदियो । अहिले उनी सामान्य हिँङ्डुल गर्न सक्ने भएका छन् ।थिङका बाबु रामबहादुर थिङ र आमा चिनिमाया थिङको अनुरोधपछि  अस्पतालले सम्पूर्ण खर्च छुट दिएको हो । रामबहादुरले भने, ‘हामीसँग यति धेरै रकम तिर्न कुनै उपाय नै थिएन । हाम्रो अनुरोधमा अस्पतालले सम्पूर्ण उपचार खर्च मिनाहा गरेपछि अहिले छोराले नयाँ जीवन पाएको छ ।’

    images
    images
    images

    चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले आकस्मिक कक्ष, जटिल शल्यक्रिया, आईसियू, एचडियु, वार्ड, विभिन्न परीक्षणसमेत गरी सात लाख ४६ हजार १७० रुपैयाँ र अस्पताल फार्मेसीको रु एक लाख २५ हजार २९८ गरी आठ लाख ७१ हजार ४६८ रुपैयाँ तिर्नुपर्नेमा सबै निःशुल्क गरिएको जानकारी दिए ।थिङ परिवारको आर्थिक अवस्था कमजोर देखेर सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको देवकोटाले बताए । ‘आफैँले उब्जाएको अन्नले वर्षभरी खान पनि नपुग्ने थिङ परिवार वास्तवमै विपन्न देखेर भर्ना भएदेखि शल्यक्रियासम्म सम्पूर्ण उपचार निःशुल्क गरेका छौँ’, देवकोटाले भने ।

    दैनिक ज्याला मजदुरी गर्ने विकलालले घर बनाउनेलगायतका काम गरेर परिवारको गर्जो टार्दै आएका थिए । बुबा रामबहादुरले भने, ‘हामीलाई कमाएर पाल्ने छोरो यही हो, अब घर गएर खाने के हो भन्ने चिन्ता छ ।रामबहादुरको परिवारमा छ छोरी र चार छोरा छन् । छ छोरीको विवाह भइसकेको छ भने जेठो छोरा विवाह गरेर अलग्गै बस्छन् । विकलालसहित तीन छोरा र आमाबाबु सगोलमा बसिरहेका छन् । यो परिवारलाई आफ्नो उब्जनीले छ महिना पनि खान पुग्दैन ।

    विकलालको टाउकोमा लागेको गम्भीर चोटका कारण देब्रे हात नचल्ने भएको छ भने देब्रे खुट्टा थोरै मात्रै चल्छ । घाउ निको भए पनि उनी पूर्णरुपमा श्रम गर्न सक्ने हुन गाह्रो रहेको चिकित्सकले बताएका छन् ।

    प्रकाशित मिति :जेठ २९, २०८१ मंगलवार - १४:३१:१८ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको