२९ जेठ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा दुई दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । दुई दिने तालिम बारपाक सलिकोट गाउँपालिका को आर्थिक सहयोगमा ताकुकोट सामुदायिक सिकाई केन्द्रले सञ्चालन गरेको हो। सिकाई केन्द्रमा आबद्ध रहेका वडा नं ६ ताकुकोट, वडा नं ७ देउराली र वडा नं ८ पन्द्रुङ्गका गरि जम्मा ३३ जना महिलाहरुको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता शुभ प्रभात नेपाली ९जित बहादुर ०ले जानाकारी दिनुभयो । तालिम आइतबार र सोमबार वडाको आफ्नै सभाहलमा सञ्चालन भएको थियो ।

गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले तालिममा सहभागिलाई प्रमाणपत्र दिनु हुदैँ। तस्विर : शुभ प्रभात नेपाली
तालिम कार्यक्रम मा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष प्रेम प्रसाद पनेरु ९ शिव ० को अध्यक्षता रहेको सो कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टको प्रमुख आतित्यथा थियो। कार्यक्रममा बोल्दै अध्यक्ष बिष्णु प्रसाद भट्टले व्यावसायिक रुपमा अगाडि बढ्न र आर्थिक उपार्जनमा सहयोगी बनोस् भनेर सो तालिम दिईएको बताउनुभयो।कोही व्यावसायिक रुपमा अचार बनाउने व्यवसायमा लाग्न चाहे गाउँपालिकाले आर्थिक तथा अन्य प्राविधिक सहयोग गर्ने बताउनु भयो ।

दुई दिने तालिमा तयार पारीएको अचारहरु तस्विर : शुभ प्रभात नेपाली
उक्त तालिममा तामा, आँप,गुन्द्रूक, मासु,काउलि, मूला गाँजर , खुर्सानी , मिक्स वा सिंगल अचार बनाउने तालिमको सहजिकरण तथा प्रशिक्षक प्रमिला बगालेले गर्नु भएको हो । यस तालिममा सहभागि हुनेहरुलाई समापनको दिन एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले प्रमाणपत्र दिएर सम्मान् गर्नु भएको थियो । दुई दिने तालिममा गाउँपालिका प्रवक्त शुभ प्रभात नेपाली, ६ नम्बरका वडा सचिव दर्शन न्यौपाने, महिला वडा सदस्य सावित्री श्रेष्ठ, वडा सदस्य चन्द्र कुमार श्रेष्ठ,वडा सदस्य पूर्ण बहादुर बराम लगायत विभिन्न व्यक्तिहरु को उपस्थिति भएको थियो ।
