३० जेठ काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ । दुवै टोलीले १/१ अंक बाँडेको हो ।फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । साँझ ७:३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन ।
नेपालको यससँगै २ खेलमा १ अंक भएको छ । श्रीलंकाको ३ खेलमा १ अंक जोडेको छ । अब बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वर्षाले रद्द भए मात्र श्रीलंकाको अंकगणितीय सम्भावना रहनेछ ।
यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ ।