Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मकवानपुरले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन

मकवानपुरले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन

रासस

३०, जेठ २०८१
  • 763
    SHARES
  • मकवानपुरले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन

    ३० जेठ काठमाडौँ । मकवानपुरले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन गरेको छ ।मकवानपुरम जिल्ला प्रशासन कार्यालयले  शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट सुरुवात गरेको छ ।

    images

    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दासेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन भएको हो । आजदेखि असार २२ गतेसम्म जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन हुनेछ ।

    images
    images
    images

    जिल्लाको थाहा नगरपालिका,  राक्सिराङ, कैलाश, इन्द्रसरोबर, वाग्मती, बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई लक्षित गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले राससलाई जानकारी दिनुभयो । 

     

    प्रकाशित मिति :जेठ ३०, २०८१ बुधवार - १२:३०:१३ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको