३० जेठ काठमाडौँ । प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने हतुवागढी गाउँपालिका वडा न ९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन् । उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले बताए ।
पक्राउ परेका उनी माथि ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाए ।