३० जेठ काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हजुर पढाउनतिर लाग्न सुझाव दिएका छन् ।
बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रमलाई सम्बोधन गदैँ उपप्रधानमन्त्री लामिछानेले अब रास्वपाले नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेको बताए ।
उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले आफूले गरेको प्रस्ताव भट्टराईले अस्वीकार गरेको खुलाए ।बरु पढाउनेतिर लाग्नुपर्यो, तपाईंले जेनेरेसनलाई आफूले जानेको सिकाउनतिर लाग्नुस् त्यहाँ चाहिँ राम्रो हुन्थ्यो कि भनेको थिएँ तेसैमा राम्रो हुने बताए । ‘उनले भट्टराईको राजनीतिक निरन्तरताको प्रशंसा गर्दै त्यसलाई कायम राख्न सुझाव दिए ।