३१ जेठ काठमाडौँ । दाङमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरु बेहोस हुनेको संखया दिनदिनै बढेको छ ।दाङको तुलसीपुर वडा न ११ उरहरीमा रहेको अमर माविका विद्यार्थी बेहोस भएर ढलेका हुन् । गर्मीका कारण दिनहुुँ विद्यार्थीहरु बेहोस हुँदै आएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको विद्यालयका प्रधानाध्यापक पदम ओलीले जानकारी दिएका छन् ।
विद्यार्थी बेहोस भएपछि स्वास्थ्यकर्मीको टोली बोलाएर विद्यालयमै राखेर उपचार गरिरहेको उनले बताए । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले फेरी केही दिनका लागि गर्मी बिदा दिने बारे छलफल भईरहेको जानकारी दिएका छन ।
लामो खडेरीका कारण दाङमा अत्यधिक गर्मी छ । गर्मीका कारण दाङको जनजीवन प्रभावित भएका छन्। आज दाङको तापक्रम ४०ड्ढ सेल्सियस रहेको छ ।