Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एथलेटिक्समा गण्डकी टिम च्याम्पियन

एथलेटिक्समा गण्डकी टिम च्याम्पियन

जोईन खबर

३१, जेठ २०८१
  • 580
    SHARES
  • एथलेटिक्समा गण्डकी टिम च्याम्पियन

    ३१ जेठ काठमाडौँ । गण्डकी प्रदेश प्रथम यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बिहीबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै गण्डकी समग्रमा टिम च्याम्पियन बन्यो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेश ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ लुम्बिनी प्रदेश दोश्रो भयो ।

    images

    तेश्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण, २ रजत र १ कांस्य हात पा¥यो । सहभागी सातै प्रदेश स्वर्णविहीन हुनु परेन । १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशले समान १–१ स्वर्ण जिते ।पोखरा रंगशालामा भएको छात्र ४ गुणा १ सय मिटर रिलेमा लुम्बिनी पहिलो, गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो भए । सो स्पर्धाको छात्रामा गण्डकीले स्वर्ण, कोशीले रजत र कर्णालीले कांस्य जिते ।सटपुटको छात्रमा कोशीका छिरिङ शेर्पा पहिलो भए ।

    images
    images
    images

    उनले १०.५७ मिटर टाढा फाले । गण्डकीका गणेश श्रेष्ठ दोश्रो तथा लुम्बिनीका पारसबहादुर शाही तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा ८.३७ मिटर थ्रो गरेकी लुम्बिनीकी सम्झना थारु पहिलो भइन् । कर्णालीकी उर्मिला राजी दोश्रो तथा गण्डकीकी युना सारु मगर तेश्रो बने ।छात्रको ८ सय मिटर दौडमा बागमतीका सुनिल विक पहिलो बने । उनले निर्धारित दूरी २ मिनेट ०९.६३ सेकेन्डमा पूरा गरे । कर्णालीका अनिल शाही दोश्रो तथा लुम्बिनीका विशाल थारु तेश्रो भए । सो स्पर्धाको छात्रामा कर्णालीकी पुर्णिमा बुढाले निर्धारित दूरी २ मिनेट ३६.२६ सेकेन्डमा तय गर्दै स्वर्ण   चुमिन् ।

    गण्डकीकी कञ्चन भण्डारी दोश्रो तथा मधेशकी आशा साह तेश्रो भए ।छात्रको २ सय मिटर दौडमा गण्डकीका सुशान्त बोटेले स्वर्ण जिते । उनले निर्धारित दूरी २४.३३ सेकेन्डमा पूरा गरे । लुम्बिनीका अभय राना दोश्रो तथा बागमतीका अजित ठाकुर तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा गण्डकीकी अनुष्का अधिकारी पहिलो भइन् । अनुष्काले निर्धारित दूरी २७.६२ सेकेन्डमा पूरा गरिन् ।

    सुदूरपश्चिमकी रितु जोशी दोश्रो तथा लुम्बिनीकी जमुना लोध तेश्रो भए ।विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

     

    प्रकाशित मिति :जेठ ३१, २०८१ बिहिवार - १३:५६:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको