Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बन्दीपुरको केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालन हुने 

बन्दीपुरको केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालन हुने 

रासस

३१, जेठ २०८१
  • 883
    SHARES
  • बन्दीपुरको  केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालन हुने 

    ३१ जेठ काठमाडौँ । बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा हुने भएको छ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने र परीक्षणका रुपमा मात्रै सञ्चालित व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् ।

    images

    अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र ९टियुभी सर्टिफिकेट० प्राप्त गरेपछि व्यावसायिक रुपमा आजदेखि सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले राससलाई बताउनुभयो । पोख्रेलले भन्नुभयो, “वैशाख १ गते शुभ मुहूर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा सञ्चालनमा ल्याएका थियौँ । आजदेखि व्यावसायिक रुपमा सञ्चालन गर्न लागेका हौँ ।टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केवलकार सञ्चालनका लागि खुल्ला गरिएको हो”, उहाँले भन्नुभयो ।केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने छ । बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् ।प्रति घण्टा पाँच यात्रु बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । 

    प्रकाशित मिति :जेठ ३१, २०८१ बिहिवार - १४:२७:०६ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको