३२ जेठ काठमाडौँ । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेका नेसपा नेता तथा माओवादीका सांसद फणीन्द्र देवकोटा आजै निलम्बित हुने सम्भावना छ ।
सांसद देवकोटाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरि विश्वासको मत दिएका उनलाई आजै निलम्बित हुने सम्भावना देखिएको हो । अहिले प्रदेश सभाको बैठकमा हुने भनिए पनि यही विषयमा छलफल चलिरहेका कारण प्रदेश बैठक ढिलाई भएको छ । संसद सचिवालयका एक कर्मचारीले उनको निलम्बन वा कारबाहीको पत्र सभामुखको रिडिङ पेपरमा भने नभएको बताएका छन् ।
तेसै बिषयमा चलि रहेको बैठकमा भने माओवादीले चाहिँ देवकोटा लाई आजै कारबाही हुने संसद सचिवालयमा जानकारी पुगिसकेको बताए ।