३२ जेठ काडमाडौँ । हिजो इनार सफा गर्ने क्रममा डुबेर घाइते भएका एक पुरुषका उपचारको क्रममा मृत्यु भएको छ । उक्त घटना काठमाडौं महानगरपालिका वडा न १० बुद्धनगरमा इनारमा खसेर गोपाल महतको मृत्यु भएको हो ।भोजपुर घर भएको हाल ललितपुर बागडोल बस्दै आएका ४० वर्षीय गोपाल महतको मृत्यु भएको एक प्रहरी अधिकुतले बताए ।
उनी बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनार सफा गर्ने क्रममा महत भित्र खसेको भन्ने खबरको आधरमा प्रहरी वृत्त बानेश्वर र बिपद व्यस्थापन महाशाखाबाट खटिएको प्रहरीले उनलाई उद्दार गरि राष्ट्रिय ट्रमा सेन्टर पुराएको थियो । घाइते अवस्थामा उद्दार गरिएको उनलाई उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।