३२ जेठ काठमाडौँ । नेपाल टेलिकमले असार १ गतेदेखि आकर्षक प्याकेजहरु उपलब्ध गराउने बताएको छ । टेलिकमले जीएसएम मोबाइल तथा एफटीटीएच ९फाइबर टु द होम० मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको हो ।
अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनाअन्तर्गत रु। ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ९अनलिमिटेड अन–नेट भ्वाइस० तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने अफ–नेट भ्वाइस सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । ६३६ प्याकमा रु। ६३६ मा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।
७९९ प्याकमा अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट र ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन–नेट एसएमएस सेवा ग्राहकहरुलाई उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ ।
मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत रु। ८० मा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने रु। २७० मा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ ।त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ ।