३२ जेठ काठमाडौँ । आज भएको पृथ्वी राजमार्गको चितवनको इच्छाकामना वडा न ३ फिस्लिङ बजार नजिकैको सवारी दुर्घटनामा परी गम्भी घाइते भएका कार चालकको उपचारको क्रम करिब ३ बजे तिर मृत्यु भएको छ ।
दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाकोपुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हिजो बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ जादै गरेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो । अरु घाइतेहरुको उपचार भइ रहेको प्रहरीले बताए ।