३२ जेठ काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकार करिब ५० दिन सेवा बन्द हुने भएको छ । असारको ३१ गेतदेखि मनकामना केबलकार सेवा बन्द रहने कम्पनीले एक सूचना जारी गरि जनाएको छ ।
केबल कारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल (तार) समेत फेर्ने कार्य हुने भएकोले केबलकार सेवा क़रिब ५० दिन बन्द गर्नुपर्ने भएको हो ।
केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ ।चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।