Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टि-२० विश्वकपमा दक्षिण अफ्रिकाले दियो नेपाललाई जितको लागि ११६ रनको लक्ष्य 

टि-२० विश्वकपमा दक्षिण अफ्रिकाले दियो नेपाललाई जितको लागि ११६ रनको लक्ष्य 

जोईन खबर

१, आषाढ २०८१
  • 694
    SHARES
  • टि-२० विश्वकपमा दक्षिण अफ्रिकाले दियो नेपाललाई जितको लागि ११६ रनको लक्ष्य 

    १ असार काठमाडौँ ।  आइसिसी टि(२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपालाई जितको लागि ११६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन बनायो ।

    images

    सुरुवात देखि नै रनरेटमा दबाब बनाएको नेपालका लागि स्पिनरहरुले सबै ६ विकेट निकालेका थिए । ६ मध्य ४ विकेट कुशल भुर्तेलले लिए भने दीपेन्द्र सिंह ऐरी ३ विकेट लिए ।कप्तान रोहित कुमार पौडेलले दोस्रो ओभरमा नै दीपेन्द्र सिंह ऐरीलाई बलिङ अट्याकमा ल्याउँदै स्पिनबाट नै सुरुवात गराएका थिए ।१४औं ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए ।१६औं ओभरमा दीपेन्द्रले नेपालका लागि चौथो विकेट लिए ।

    images
    images
    images

    १८औं ओभरको तेस्रो बलमा मिलर १० बलमा ७ रन बनाएको अवस्थामा सन्दिप लामिछाने क्याच आउट भए ।अन्तिम ओभरमा कुशल भुर्तेलले मार्को यानसनलाई लङ अनमा १ रन बनाएको अवस्थामा क्याच आउट गराए । अन्तिम बलमा कागीशो रबाडालाई उनले स्तम्प आउट गराए।नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिए ।

    दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । 

    प्रकाशित मिति :आषाढ १, २०८१ शनिवार - ०७:२९:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको