Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जेनरल चोइको शालिक अनवरण

जेनरल चोइको शालिक अनवरण

जोईन खबर

२, आषाढ २०८१
  • 571
    SHARES
  • जेनरल चोइको शालिक अनवरण

    २ असार काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले तेक्वान्दोका संस्थापक जनरल चोइ होङ हीको पूर्णकदको शालिक एक कार्यक्रमबीच अनावरण गरेका छन् ।राष्ट्रिय तेक्वान्दो आईटीएफ एकेडेमीले रामेछापको खाँडादेवी गाउँपालिकास्थित गाल्पामा निर्माण गरेको शालिक सदस्य–सचिव घिसिङले अनावरण गरेका हुन् ।

    images

    एकेडेमीले आफ्नै हातामा करिब २५ लाख लागतमा शालिक निर्माण गरेको एकेडेमीका अध्यक्ष रुपसिंह तामाङले जनाएका छन् ।चोइको पूर्णकदको शालिक नेपाल बाहेक अन्य कुनैपनि राष्ट्रमा निर्माण नगरिएको अध्यक्ष तामाङले जनाएका छन् ।विश्वको कुनैपनि राष्ट्रमा जनरल चोइको पूर्णकदको शालिक निर्माण गरिएको रहेन छ । नेपालमा पनि यो मात्र एक हो ।

    images
    images
    images

    अन्य राष्ट्रमा अर्धकदको शालिक भने बनाइएको रहेछ । यसको जानकारी आजै हामीले कोरियाको मुख्यालयबाट पनि पायौं ।’– अध्यक्ष तामाङले भने ।त्यस अवसरमा चोइको पूर्णकदको शालिकको तस्वीर पर्वतारोही प्रकाशराज पाण्डेलाई सातै महादेशका अग्ला हिमशिखरमा पु¥याउने गरी हस्तान्तरण गरिएको थियो ।सो अवसरमा सदस्य–सचिव घिसिङ, राखेपका सदस्य अञ्जन धमलालगायतले एकेडेमीमै आयोजित आईटीएफ तेक्वान्दो प्रतियोगिताका विजेता खेलाडीलाई पनि पुरस्कृत गरेका थिए ।

    प्रकाशित मिति :आषाढ २, २०८१ आइतवार - १०:१२:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको