२ असार काठमाडौँ । गोरखामा ग्लोबल गोरखा समाजले २११ औँ भानु जयन्तीको अवसरमा जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।राष्ट्रिय विभूतिहरुको सम्झना र सम्मानका लागि आसन्न भानु जयन्तीका दिन उक्त कार्यक्रमको आयोजना गर्ने समाजका महासचिव तथा वक्तृत्वकला कार्यक्रम संयोजक विराट खनालले जानकारी दिए ।
यस समाजले राष्ट्रिय विभूतिहरुको सम्झना र सम्मानका लागि आउदो अषाढ २९ गते भानु जयन्ती दिन ‘राष्ट्र निर्माणमा गोरखाको योगदान, विगतदेखि वर्तमान’ र्शिषकमा वक्तृत्वकला प्रतियोगिता गर्ने गरी तयारी गरिएको ग्लोबल गोरखा समाजका महासचिव तथा वक्तृत्वकला कार्यक्रम संयोजक विराट खनालले जानकारी दिए ।संयोजक खनालका अनुसार प्रतियोगितामा गोरखा जिल्ला भित्रका ११ वटै पालिकाभित्रका विद्यार्थीहरु सहभागी हुने बताए । जसमा प्रत्यक पालिकाका सामुदायिक विद्यालयबाट अन्तर मावि ९कक्षा १२० सम्मका दुईरदुई जना प्रतियोगी छनोट भई आउने महासचिव खनाल बताउँछन् ।संस्थाले कार्यक्रममा सहभागी हुने सबैलाई यातायात खर्चको पनि व्यबस्था गर्ने जनाएको छ ।
‘पालिकाबाट २ जना प्रतियोगी मध्य एक जना छात्रा अनिवार्य हुनु पर्ने व्यबस्था गरेका छौँ । प्रतियोगी विद्यार्थी छनोटको मापदण्ड तथा जिम्मेवारी हामीले पालिकाको शिक्षा शाखालाई नै दिने गरि पत्रचार गर्ने तयारी गरेको बताए । कार्यक्रम भानु जयन्ती ९आषाढ २९ गते० बिहान ११ बजे देखि गोरखा सदरमुकामको होटल मिराकलमा सुरु हुनेछ । प्रतियोगितामा सहभागी भई प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३५ हजार, तृतीयलाई २० हजार नगद तथा प्रमाण पत्र, मेडल तथा शिल्ड पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । यस्तै, सान्त्वना पुरस्कार २ जनालाई दश हजार नगद रकम प्रमाण पत्र, मेडल तथा शिल्ड प्रदान र सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिनेछ ।