२ असार काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउॅंपालिकामा दिर्घरोगीहरूलाई आर्थिक सहयोग तथा स्कुल र घाटुघरको लागि अक्षयकोष घोषण कार्यक्रम सम्पन्न भएको छ । धार्चे गाउँपालिका वडा न ७ लापुमा जन्म भई हाल अहिले अस्ट्रेलिया बसोबास गर्दै आउनु भएका समाजसेवी जोन घलेले दिर्घरोगीहरुलाई नगद आर्थिक सहयोग तथा ,धार्चेमा रहेको घाटुघर र लापु कै दुई माविहरुलाई ११ लाखको अक्षयकोष सहयोग प्रदान गर्नु भएको गाउँपालिका अध्यक्षको स्वकिय सचिव राज गोरखाली जानकारी दिनु भयो ।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङ दिर्घरोगीहरूलाई आर्थिक सहयोग हस्तन्तरण गर्दै । तस्विर : राज गोरखाली
जो अहिले आर्थिक सहयोग गर्ने व्यक्ति धार्चे गाउॅंपालिका वडा नं. ७ लापु जन्म थलो रहेका उनी हाख अहिले स्थायी रुपमा अस्ट्रेलिया बसोबास गर्ने जोन घले समाजसेवी, एक व्यवसायीक, विकास हाईड्रो पावर, बुढी गण्डकी हाईड्रोपावरका बोर्ड डाईरेक्टर,घले हार्भेस्टिङ कम्पनीका डाईरेक्टर समेत भएर काम गर्नु भएको छ । जोन घलेले विगत लामो समय देखि आफ्नो व्यवसाय साथसाथै समाजसेवीलाई पनि निरन्तर दिईराख्नु भएको राज गोरखालीले बताउनु भयो । उहाले अहिले यो क्षेत्रमा विभिन्न क्षेत्रहरुमा आर्थिक सहयोग गरीसक्नु भएको छ । धार्चेको रेसे खोला स्थित २ वटा हाईड्रो पावरहरुमा ठुलो लगानी गरेर बोर्ड डाईरेक्टरको रुपमा हुनुहुन्छ ।
कार्यक्रम सम्पन्न पछि लिएको ग्रुप फोटो तस्विर : राज गोरखाली
कार्यक्रम बोल्दै उहाले उक्त हाईड्रो पावरमा अरबौ को लगानी रहेको उहाको आत्मीय साथी तथा बुढी गण्डकी पावर हाउसका प्रतिनिधी तथा सन्चालक कृष्ण घिमिरेले पुष्टी पार्नु भयो । जोन घलेले त्यति मात्र नभएर २०७२ सालको भुकम्पको बेलामा पिडितहरुलाई सहयोग तथा कोरोनाको वेलामा समेत सहयोग गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्ने सबै अथितीहरुले समाजसेवी जोन घनेको चर्चाको बिषयमा लामा लामा मन्तव्यहरु दिनु भएको राज गोरखालीले जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङ कार्यक्रममा आफनो भनाई राख्दै । तस्विर : राज गोरखाली
कोही अथितीहरुले धार्चेमा उहा जस्तो सहयोगी भावना भएको व्यक्ति कमै भेटिने समेत बताए । यस आर्थिक सहयोग प्रदान तथा अक्षयकोष घोषण कार्यक्रममा घोषण गरेको ११ लाख रकम मध्येमा दिर्घरोगी ७ जनालाई प्रति व्यक्ति नगद रु ५० हजारका दरले प्रदान गरियो भने, सो वडा को स्कुल दुई वटा मा वि स्कुल श्री कालरात्री मावि ३ लाख र श्री प्रभात किरण माविलाई ३ लाख प्रदान गरिएको हो । यसै क्रममा लापु गाउँमा रहेको घाटुघरलाई ७० हजार प्रदान गरेका छन् । यस शुक्रबार भएको आर्थिक सहयोग प्रदान तथा अक्षयकोष घोषण हस्तन्तरण कार्यक्रममा धार्चे गाउँपालिकाको वडा न ७ लापुको वडा कार्यलयको प्राङ्गणमा श्री कालरात्री माविको आयोजनामा भएको थियो ।

अतिथिलाई सम्मान पत्र दिदैँ । तस्विर : राज गोरखाली
उक्त कार्यक्रममा वडा न ७ का अध्यक्ष राकेश गुरूङको अध्यक्षतामा तथा धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङ प्रमुख अतिथी सम्पन्न भएको हो । यसै अक्षयकोष घोषण कार्यक्रमा धार्चे गाउँपालिका नेकपा माओबादी केन्द्रका अध्यक्ष सुर्य बहादुर गुरूङ, गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पुष्पराज जोशी ,धार्चे स्वास्थ्य शाखाका प्रमुख अमृत घले, विकास हाईड्रो पावर तथा बुढी गण्डकी पावर हाउसका प्रतिनिधी तथा सन्चालक कृष्ण घिमिरे,विभिन्न राजनिति दलका बुद्विजीवी, वडा सचिब। वडा सदस्यहरु, विद्यालयका सबै शिक्षक तथा विधाथी लगायतको उपस्थिती रहेका थिए ।


अक्षयकोष घोषण कार्यक्रममा बहिनीहरु नाचदै र विधार्थीहरुको उपस्थिति तस्विर : राज गोरखाली