Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मोहना नदीमा रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण हुदैँ 

मोहना नदीमा रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण हुदैँ 

रासस

२, आषाढ २०८१
  • 886
    SHARES
  • मोहना नदीमा रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण हुदैँ 

    २ असार काठमाडौँ । जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाटस्थित मोहना नदीमा रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण अगाडि बढाइएको छ । कृष्णपुर–९ राजघाट र कैलालीको बोराडाँडी जोड्ने माहोना नदीमाथि उपभोक्ता समितिमार्फत पुल निर्माण अगाडि बढाइएको हो ।

    images

    झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको रु ८५ लाख ७८ हजार एक सय ५७ र नगरपालिकाको रु १४ लाख २२ हजार सात सय ६६ को लागत साझेदारीमा पुल निर्माण भइरहेको नगरप्रमुख हेमराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रकम बराबर स्थानीयले श्रमदान गर्ने छन् । निर्माण भइरहेको पुलको लम्बाइ एक सय १९ दशमलव ८० मिटर रहेको छ ।पुल निर्माणका लागि आवश्यक सामाजिक तथा प्राविधिक सहयोग गैरसरकारी संस्था नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरले गरिरहेको छ ।

    images
    images
    images

    नगरपालिका र उपभोक्त समितिबीच गत जेठ १ गते सम्झौता भई विसं २०८३ जेठ १ गते निर्माण सम्पन्न गर्नुपर्ने समय निर्धारण गरिएको छ ।निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश चौधरीले नदीमा पुल नहुँदा स्थानीयले हिउँदमा अस्थायी काठेपुल राखेर नदी ओहरदोहर गर्दै आएका बताउनुभयो । 

    प्रकाशित मिति :आषाढ २, २०८१ आइतवार - १५:१९:१७ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको