३ असार काठमाडौँ । आज देशभरका मुस्लिम समुदायहरुको मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद पर्व मनाउदै छन् । रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने प्रचलन छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । महिलाहरुले भने घरमै नमाज पढ्ने गर्छन् । काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको आज भीड लाग्ने गर्छ ।
बकर इदको समयमा जीवनको एक पटक मक्का मदिना हज गर्न जानु पुण्य प्राप्ति हुने विश्वास छ ।यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिन्छन् । यस पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ ।