Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नवौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

नवौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

जोईन खबर

३, आषाढ २०८१
  • 700
    SHARES
  • नवौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

    ३ असार काठमाडौँ । नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली खेलकुद परिषद्को स्वीकृतिमा नवौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप आइतबार सुरु भयो । प्रतियोगिताको कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री वीर बहादुर शाहीले उद्घाटन गरे ।

    images

    उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जेल विशेष अतिथीको रुपमा उपस्थित थिए । यसैगरी कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल पनि कार्यक्रममा उपस्थित थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहीले कर्णाली प्रदेशमा राष्ट्रिय च्याम्पियनसिपको आयोजना हुनु प्रदेश खेलकुदकै लागि गर्वको विषय भएको बताएका छन् ।

    images
    images
    images

    नेपाल हाप्किडो संघका अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहालुर घर्ती मगरले सबै प्रदेशमा चक्रिय रुपले कार्यक्रम आयोजना गर्ने निती अन्तरगत अहिले कर्णालीमा आयोजना भएको बताए ।कर्णाली प्रदेशको सुर्खेतमा हुने सो प्रतियोगितामा ५२ जिल्लाका खेलाडीको सहभागिता छ । यो च्याम्पियनसिपले नेपाली हाप्किडोलाई नयाँ दिशा दिने विश्वास रहेको हाप्किडो संघका मुख्य प्रशिक्षक प्रवीण गुरुङले बताए ।  क्युरोगी, होसिनसुल, हाइ फल, लङ फल र विपन टेक्निकमा प्रतिस्पर्धा हुने छन् ।संघको नियमित वार्षिक कार्यक्रम अनुसार च्याम्पियनसिप हुने लागेको हो । प्रत्येक संस्करण फरक प्रदेशमा आयोजना गर्ने नीति अनुसार नवौँ संस्करण कर्णालीमा हुने लागेको हो ।

    शीर्ष तिन स्थान पाउने टोलीका साथै उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । साथमा अनुशासित खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट जिल्ला र उत्कृष्ट स्कुल डोजाङलाई पनि सम्माीनत गरिने छ ।कर्णाली प्रदेशको विशेषतालाई देशव्यापी रुपमा परिचित गराउन  समेत यो प्रतियोगिता उपयोगी सावित हुने विश्वास स्थानिय आयोजक कर्णाली प्रदेश हाप्किडो संघका अध्यक्ष गंगाराम तिमिल्सेनाको छ । पछिल्लो समय कर्णालीमा हाप्किडोको तिब्र विकास भइरहेको छ ।

    प्रकाशित मिति :आषाढ ३, २०८१ सोमवार - २१:२४:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको