४ असार काठमाडौँ । आज सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार घटेएको सुनको मूल्य आज मंगलबार स्थिर रहेको छ ।यो भन्दा अघिल्लो दिन, सुन तोलामा ६०० रुपैयाँले घटेर कारोवार भएको थियो । मंगलबार चाँदीको मूल्य भने बढेएको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँ कारोवार भएको छ ।
चाँद हिजो भन्दा आज तोलामा १५ रुपैयाँले बढेर खरिद बिक्रि भई रहेको हो । हिजो चाँदी तोलामा २० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोवार भएको संघले जनाएको छ ।