४ असार काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषामा बढी गएको भन्दै काँग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयक शीर्षक माथिको छलफलमा भाग लिँदै सांसद खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयमार्फत ८ अर्ब धनुषा गएको भन्दै बाँकी रहेको बजेट पनि उतै लैजान भन्दै व्यङ्ग्य गरेका थिए ।
भौतिक मन्त्रालयको बजेट १५ दिन ढिलो आएको र त्यसमा जनकपुरलाई ध्यान दिएको भन्दै खतिवडाले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र धनुषा ४ र धनुषा ३ मा बजेट खन्याएको उल्लेख गरे ।
धनुषा ३ महासेठकी पत्नी जुलीकुमारी महतो निर्वाचित भएको निर्वाचन क्षेत्र हो ।खतिवडाले रोष्टममा ५ रुपैयाँ छोड्दै आफ्नो भनाइ टुङ्ग्याएका थिए ।